महाधिबेशनको ५ महिना पछी एमालेले गर्यो ६२ सदस्सीय पोलिटब्युरो गठन

मङ्सिर २८, काठमाडौँ- CPN_UML_office-1बिबादै बिबादका कारण अल्झेको नेकपा एमालेको पोलिटब्युरो चयनको प्रक्रिया आज बल्ल टुंगो लागेको छ  ।अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको सहमतिमा आइतबार पोलिटब्युरो चयन गरिएको हो ।
अध्यक्ष ओलीले पेस गरेकाे पोलिटब्युरो चयनको प्रस्तावलाई केन्द्रीय कमिटीको आइतबारको बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो।महाधिवेशन सकिएको झन्डै पाँच महिना पछि एमालेले आज ६२ सदस्यीय पोलिटव्यूरो चयन गरेको हो ।

आइतबार बसेको एमाले केन्द्रिय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले  पोलिटब्युरो सदस्यका लागि प्रस्ताव गरेका सबै नाम हरु सर्वसम्मतले पारित भएका हुन्।  ६२ सदस्सीय पोलिटब्युरो सदस्य मध्ये ४७ पूर्ण र १५ जना वैकल्पिक सदस्य छन्।

आइतबार चयन भएका पोलिट्ब्यूरोमा अध्यक्ष ओलिपक्षका ३४ र नेपाल पक्षका २७ जना सदस्य चयन भएका छन्।

पोलिट्ब्यूरो सदस्यमा सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रामप्रित पासवान, डा.विजय पौडेल, अग्नि खरेल,गणेश तिमिल्सिना, छविलाल विश्वकर्मा, प्रदिप नेपाल, राधा ज्ञावली लगायत छन्।

वैकल्पिक पोलिट्ब्यूरोमा भने, कर्णबहादुर थापा, गोकुल घर्ती, गोरखबहादुर बोगटी,शेरधन राई,जगन्नाथ खतिवडा समेत १७ जना छन्।

एमाले नवगठित ६२ सदस्यीय पोलिटब्यूरोमा ४७ पूर्ण र १५ वैकल्पिक सदस्य छन् । पूर्ण पोलिटब्यूरोमा अध्यक्ष ओली पक्षका ३४ सदस्य छन् भने नेपाल पक्षका २८ परेका छन् ।
अघिल्लो पोलिटब्यूरोमा रहेका सबै केन्द्रीय सदस्यलाई स्वत पोलित्ब्युरो सदस्य बनाइएको छ ।
प्रमुख सचेतक अग्नि खरेल र सचिवका पराजीत किरण गुरुङ पनि पोलिटब्यूरो सदस्य बनाइएको छ ।

पार्टी विधान अनुसार केन्द्रीय सदस्य भइसकेकाहरु पोलिटब्यूरो सदस्यका लागि योग्य थिए । नेताहरुको सहमतिमा पोलिटब्यूरो गठन गर्दा ओली पक्षका सुशीला नेपाल, कमलादेवी महतो, ज्ञानबहादुर भुजेल, नजिर मियाँ छुटेका छन् ।
यस्तै नेपाल पक्षका जयन्ती राई, टंक कार्की, राजेन्द्रकुमार राई, चूडामणि जंगली, शेरबहादुर तामाङ, जीवनराम श्रेष्ठ, ममता गिरी, ठाकुर गैरे र बैजनाथ चौधरी पनि छुटेका छन् ।

पार्टी पोलिटव्यूरो सदस्यहरुको नाम सर्वसम्मत रुपमा चयन भएपछि केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले एमाले आन्तरिक रुपमा एकताबद्ध भएकाले अब राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न एकढिक्का भएर अघि बढ्ने बताउनु भयो ।
पार्टीको आगामी कार्ययोजना र केन्द्रीय सदस्य तथा पोलिटव्यूरो सदस्यहरुको कार्यबिभाजनको गृहकार्य गर्न सोमवार बैठक नहुने सचिव योगेश भट्टराईले जानकारी दिनु भयो ।

पोलिटब्यूरोमा चयन भएका सदस्यहरुको विवरण यस प्रकार छ ।
पोलिटब्युरोका पूर्ण सदस्यहरु
१. केपी शर्मा ओली
२. झलनाथ खनाल
३. माधवकुमार नेपाल
४. वामदेव गौतम
५. विद्यादेवी भण्डारी
६. युवराज ज्ञवाली
७. अष्टलक्ष्मी शाक्य
८. भीम रावल
९. ईश्वर पोखरेल
१०. विष्णुप्रसाद पौडेल
११. घनश्याम भूषाल
१२. प्रदीप ज्ञवाली
१३. पृथ्वी सुब्बा गुरुङ
१४. गोकर्ण बिष्ट
१५. भीम आचार्य
१६. योगेश भट्टराई
१७. मुकुन्द न्यौपाने
१८. अग्नी खरेल
१९. अरुण नेपाल
२०. काशीनाथ अधिकारी
२१. किरण गुरुङ
२२. गणेश तिमिल्सिना
२३. गंगालाल तुलाधर
२४. छविलाल विश्वकर्मा
२५. थममाया थापा
२६. नागेन्द्र चौधरी
२७. प्रकाश ज्वाला
२८. प्रदिप नेपाल
२९. परशुमेघी गुरुङ
३०. पशुपति चौलागाईं
३१. बिन्दा पाण्डे
३२. बेदुराम भुसाल
३३. भानुभक्त ढकाल
३४. महेन्द्र पाण्डे
३५. यामलाल कँडेल
३६. रघुजी पन्त
३७. राजेन्द्र पाण्डे
३८. राधा ज्ञवाली
३९. रामनाथ ढकाल
४०. रामप्रित पासवान
४१. लालबाबु पण्डित
४२. विजय पौडेल
४३. विष्णु रिमाल
४४. शंकर पोखरेल
४५. सत्यनारायण मण्डल
४६. सुरेन्द्र पाण्डे
४७. श्रीमाया थकाली
वैकल्पिक सदस्यहरु
१. कर्ण थापा
२. गोकुल घर्ती
३. गोरख बोगटी
४. गौरा प्रसाईं
५. जगत विश्वकर्मा
६. जगन्नाथ खतिवडा
७. तुलबहादुर गुरुङ
८. दलबहादुर राना
९. बंशिधर मिश्र
१०. भागवत विश्वासी
११. युवराज कार्की
१२. योगनारायण यादव
१३. शत्रुघन महतो
१४. शेरधन राई
१५. सानुकुमार श्रेष्ठ

सम्बन्धित शिर्षकहरु