एमालेको विवाद मिलाउन केन्दीय कमिटिलाई सुझाव

CPN_UML_office-1मंसिर २६ । काठमाडौ, एमाले उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेल संम्मिलित कार्यदले पार्टी भित्र उत्पन्न विवाद समाधानमा लागि केन्दीय कमिटिलाई सुझाव दिएको छ । कार्यदलले सुझाव सहितको प्रतिवेदन प्रतिवेदन पेश गरेको हो । गठित कार्यदलले दिएको सुझावमा विधानमा देखिएको अन्यौलता र अस्पष्टता तथा समाधान र परिमार्जन गर्नुपर्ने विषयलाई विधान महाधिवेशनमै पर्याप्त समय दिएर छलफल गर्न पर्ने कुरा उल्लेख गरिएको छ ।
त्यस्तै प्रतवेदनमा विधानका सन्दर्भमा महाधिवेशन र तत्पश्चातका कामहरु हतारमा भएकाले प्रावधानहरु नमिलेको स्वीकारिएको छ । पार्टी जीवनमा अप्ठ्यारा पर्ने वाक्यांश र शव्दहरु केन्द्रीय कमिटीले तत्काल सच्याउनु पर्ने समेत बताइएको छ । यस्तै कार्यदलले विधान महाधिवेशन आगामी १८ महिना भित्र गरिसक्न पनि सुझाव दिएको छ ।

यसै गरी स्थायी कमिटी र पोलिटव्यूरो सहमतिमै गर्नु पर्ने कुरालाई जोड दिएको छ । अनुभव, क्रियाशीलता, दक्षता र योग्यतामा ध्यान पुर्याउनु पर्ने भन्दै अनुशासन पालनामा पनि विचार पुर्याउन केन्द्रीय कमिटीलाई सुझाव दिएको छ । कार्यदलले देश तथा जनताको सेवामा प्रदर्शित समर्पणका आधारमा विभिन्न समुदाय, वर्ग लिङ्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी स्थायी कमिटी र पोलिटव्यूरो चयन गर्न पनि सुझाएको छ ।

हाल रहेको १६१ सदस्यीय केन्द्रीय कमिटी मध्येबाट ३९ सदस्य पोलिटव्यूरो, जसमध्ये पदाधिकारी १४ वरिष्ठ नेता १ र तेस्रो बरियता नेता बाहेक २३ जना केन्द्रीय कमिटीबाट चयन गर्न सुझाव दिएको छ । त्यस्तै १५ जना बैकल्पिक पोलिटव्यूरो चयन गर्न पनि सुझाव दिएको छ ।

स्थायी कमिटी पनि सहमतिमै चयन गर्नु पर्ने भन्दै विधानमा उल्लेखित पूर्ववत् योग्यतालाई नै यथावत् राख्न पनि सुझाव दिइएको छ ।

एमालेको विधानमा स्थायी कमिटीको सदस्य हुन एककार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान छ । केन्द्रीय कमिटीको बैठकले कार्यदलको प्रतिवेदन पास गरेको छ भने बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

सम्बन्धित शिर्षकहरु