पानीमा बसेर ज्यान जोगाउछन बाँदरहरु !

monkeyहामीले देखेका छौ बाँदर भीर पाखा र जङलमा बस्छन तर जापानमा एउटा यस्तो विचित्रको स्थान छ, जहाँ बाँदरहरु पानीमा बसेर आफ्नो ज्यान बचाउने गर्दछन्।

जापनको नागानो प्रिफैक्चर सहरको घाँटीमा डिसेम्बरदेखि मार्चसम्म धेरै हिउँ पर्ने गर्दछ ।८५० मिटरको क्षेत्रमा फैलियोको यो इलाका भारी हिमपातका कारण ज्यानमारा स्थलका रुपमा पनि चर्चित छ।

यहाँ जिगोकदानी मंकी पार्क पनि छ ।यहाँ टाढाटाढासम्म कुनै वस्तीसमेत छैन । जहाँ ठुलो संख्यामा बाँदर मात्र बस्ने गर्दछन्। तर, चिसोबाट बच्न यहाँका बाँदरहरु पानीमा बस्छन्।

यो क्षेत्रमा एउटा कुण्ड छ जहाँको पानी तातो छ। बाँदरहरु चार महिना डिसेम्बरदेखि मार्चसम्म यही बसेर ज्यान बचाउने गर्दछन्। पूरै क्षेत्र सेतो कपडाले ढाकोजस्तो देखिने यस भूमीमा एडभेन्चरका शौखिनहरु यहाँ घुम्न जाने गर्दछन्।

सम्बन्धित शिर्षकहरु