मंसिर १७ । प्रमुख तीन दलहरु मिलेर राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संविधानसभामा पठाउने भएका छन ।
सिंहदरबारमा अज बसेको तीन दलको बैठकले प्रतिवेदन पठाउने सहमति भएको नेताहरुले बताएका छन ।
प्रमुख दलहरुबीच सहमति नहुँदा समितिको बैठक एक महिना देखि बस्न सकेको छैन ।
त्यस्तै सभापतिले स्वविवेक प्रयोग गरेर प्रतिवेदन संविधानसभामा पठाउने सहमति जुटेको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘दलहरुबीच कांग्रेस र एमालेको प्रस्ताव अनुसूचीमा राख्ने की प्रस्तावमा नै समेट्ने भन्ने विवाद थियो’ उनले भने ‘समितिका सभापति बाबुराम भट्टराईलाई लाईनै त्यो जिम्मा दिएको छ ।’








