मंसिर १५ । मोहन बैद्यबाट माओवादीबाट भर्खरै छुट्टिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आफूहरु शान्ति, परिवर्तन र सम्वृद्धिको पक्षमा रहेको उल्लेख गर्दै सांगठानिक संरचना विस्तार गर्नेतर्फ पार्टीको तत्कालको रणनीति रहेको स्पष्ट पारेको छ ।
काठमाण्डौको नाचघरमा आज पत्रकार सम्मेलन गरेर नवगठित नेकपा (माओवादी) का नेताहरुले राष्ट्रिय स्वाधिनता र जनाधिकार प्राप्तिबाहेक अन्य कुनै स्वार्थ नरहेको बताएका छन ।
मोहन बैद्य नेत्रित्वमा माओवादीबाट छुटेर बनाइएको नयाँ पार्टीले तत्काल सशस्त्र संघर्ष गर्ने भन्दा सांगठानिक संरचना विस्तारतर्फ जोड दिने
भएको छ । अहिले चलेका हल्ला भ्रममात्र भएको जनाउँदै नेताहरुले युद्दमा जाने कुरामा कुनै सत्यता नभएको बताएका हुन् ।
विप्लव नेतृत्वको माओवादीले पुस तेस्रो साता राष्ट्रिय सम्मेलन गर्ने भएको छ । यसको लागि विप्लवको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरिएको छ भने प्रवक्तामा खड्गबहादुर विश्वकर्मा प्रकाण्ड तोकिनु भएको छ ।
सम्मेलनमा विप्लवसँगै नेताहरु खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला, इश्वरी दाहाल र पदमबहादुर रार्इ पनि उपस्थित हुनु भएको छ ।
त्यसैगरी अनिल शर्मा, चिरन पुन, कृष्ण अधिकारी, तेजबहादुर मिजार, बाबुराम मिजार, शरतसिंह भण्डारी र तिलक परियार पनि पत्रकार सम्मेलनमा सहभागि भए ।
पत्रकार सम्मेलनमा बोल्दै नेताहरुले नेपाल हाँक्ने जिम्मेवारी कम्युनिष्ट पार्टीहरुले लिनुपर्ने बताउँदै माओवादी नामका अन्य पार्टीहरुसँग पनि निकट भएर अघि बढ्ने जनाएको छ ।
कांग्रेसले १२ बुँदे सहमतिको पालना नगरेको आरोप पनि विप्लव नेतृत्वको माओवादीले लगाएको छ ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको १७ बुँदे निर्णयमा सन् १९५० को सन्धी सहितका अन्य समान सन्धीहरु खारेज गर्न पनि माग गरिएको छ ।








