भारततर्फ लगिदै गरेकी युवतीको उद्धार

मङ्सिर १३ ।विराटनगर,जागिर लनाइदिन्छु भन्दै ललाई फकाई भारततर्फ लगिदै गरेकी एक युवतीलाई प्रहरीले उद्धार गरेको छ । चेलीबेटी बेच बिखनको अभियोगमा पश्चिम बङ्गालराज्यको मालदह बस्ने इमान हुसेनलाई शुक्रबार पक्राउ गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

भारत लैजान लागेको मोरङको लेटाङ बस्ने २५ वर्षीया युवतीलाई उद्धार गरिएको हो ।

निज हुसेनले रु ५० हजार खर्च गरी रोजगारका लागि मलेसिया पठाइदिने भनेर ती युवतीलाई प्रलोभनमा पारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भारततर्फ जाँदै गरेको अवस्थामा सीमा नजिकको ढाटमा खटिएका प्रहरी र के आई नेपाल नामक संस्थाको प्रतिनिधिलाई शङ्का लाग्दा सोधपुछको क्रममा उक्त जानकारी प्राप्त भएको हो ।

हुसेन साइकल कबाडी रहेको र ती युवतीलाई पटक–पटक रकम दिई प्रलोभनमा पार्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु