सवारी दुर्घटनामा एकको मृत्‍यु,एक घाइते

मंसिर १३ ।रौतहट,गएराति रौतहटको गौरमा भएको दुर्घटनामा एक जनाको मृत्‍यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन ।

दुर्घटनामा परि जिल्ला विकास समिति रौतहटका एक कर्मचारीको ज्यान गएको हो ।

शुक्रवार राति ११ बजे गौर चन्द्रनिगाहपुर सडकखण्डमा सदरमुकाम गौर ७ स्थित बरहवा पुल नजिक रोकि राखेको ना २ त ४२२३ नम्बरको ट्रयाक्टरमा ना २७ प ७५६ नम्बरको मोटरसाइकलले पछाडी बाट ठक्कर दिदा विर्तीप्रस्टोका गाविस वडा नम्बर ८ का ३२ वर्षका नागेन्द्र पटेलको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल पछाडी रहेका गौर-४ महादेवपटि निवासी २७ वर्षका रंजित कुमार पटेल गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

मृतक नागेन्द्र जिल्ला विकास समिति रौतहटका सामाजिक परिचालक हुन भने घाइते रंजित पनि सोही कार्यालयका कर्मचारी हुनुहुन्छ ।

बाक्लो हुस्सु र कुहिरोका कारण तिव्र गतिमा आउदै गरेको मोटरसाइकल रोकिएको ट्रयाक्टरमा ठोक्किए पछि दुर्घटना भएको प्रहरी निरिक्षक राम प्रकाश चौधरीले बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु