सहमतिबाटै संविधान बनाउन मोदीको सल्लाह

मंसिर ९ ।काठमाडौ,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमतीय प्रणाली भन्दा सहमतिका आधारमा संविधान लेख्न नेपालका राजनीतिक नेताहरुलाई आग्रह गर्नु भएको छ ।

आज साँझ वीर अस्पतालस्थित ट्रमा सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले माओवादी, मधेसवादीलगायत सबैको भावना समेटिनेगरी सहमतिका आधारमा संविधान लेख्न सुझाव दिनु भएको हो ।

काठमाडौं आएकै दिन सार्वजनिक मन्तव्य व्यक्त गर्दै उहाले नेपालका नेताहरुलाई यस्तो राजनीतिक उपदेश दिनु भयो ।

मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण निकट भविश्यमै गर्ने बताउनु भयो ।
स्थलमार्गबाट जानकी मन्दिरको दर्शन गर्दा कतिको समस्या रहेछ भनेर जान्नका लागि आफू स्थलमार्गबाटै जनकपुर आउन चाहेको तर समयाभावका कारण नभ्याएको मोदीले स्पष्टीकरण दिनु भयो ।
उहाले नेपाल र भारतवीच २५/३० वर्षमा हुन नसकेका कामहरु सय दिनमै हुन थालेको बताउनु भयो ।

दोस्रोपटक नेपालको भूमि टेक्न पाएकोमा आफूलाई सौभाग्यशाली भएको बताउँदै मोदीले नेपाल र भारतको सम्न्धमा भरोसा र विश्वास बढेको बताउनु भयो । यही कारणले २५/३० वर्षमा हुन नसकेको काम सय दिनमा भएको भन्दै उनले विद्युत व्यापार सम्झौता र कर्णली र अरुण तेस्रोको पीडीएतर्फ संकेत गर्नु भयो ।

ट्रमा सेन्टर उदघाटनमा प्रधानमन्त्री सुशील कोइरालाले अंग्रेजीमा लिखित भाषण पढनु भएको थियो । मोदीले हिन्दीमा अलिखित मन्तव्य दिने क्रममा निकै लामो, अनौपचारिक र उपदेशात्मक अभिव्यक्ति दिनु भयो ।

आफूले दिने हेलिकोप्टरले रक्षाको काम गर्ने भन्दै उहाले सुरक्षाको क्षत्रेमा पनि नेपाल र भारतले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु