मंसिर ७ ।काठमाडौ,बिहीबार भेरी नदीमा बेपत्ता भएको यात्रुबाहक बसबाट आज १३ वटा शव निकालिएको छ ।निकालिएका शव मध्ये तीन जनाको मात्र सनाखत भएको छ ।
कर्णाली चिसापानी,पोखराबाट आएको गोताखोरको टिमले पानीभित्र रहेको बसबाट १३ वटा शव निकालेको हो ।
सनाखत हुनेहरुमा जाजरकोटका चुके महतारा, तुलसी थापा र बांके नौवस्ताका सपना सुनार रहेका छन् ।
अहिलेसम्म २० जना यात्रुको शव निकालिएको प्रहरीले जनाएको छ ।
यसअघि दुर्घटना भएको दिन पाँच जना र शनिबार दुई जनाको शव निकालिएको थियो ।
बिहीबार जाजरकोटबाट सुर्खेतको राकमको लागि गएको यात्रुबाहक बस बिहान ७ वजे भुर गाविसको वडा नं ७ भुरचौरमा दुर्घटना गरेको थियो ।
अझै पनि कैयन यात्रुहरु नदीमै हराइरहेका छन् । नदीमा डुबेको बस निकाल्नका लागि डोरीले तान्नेकाम भइरहेको छ ।
यसअघि हिजो दुईवटा शव निकालिएको थियो भने दुर्घटना लगत्तै पाँच जनाको शव फेला परेको थियो ।
उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी, स्थानीय बासिन्दा, राजनीतिक दल, जाजरकोट क्षेत्र नं १ का सभासद् शक्तिबहादुर बस्नेतलगाएत खटिएका छन् ।








