मंग्सिर १, काठमाडौँ- आफ्नै विद्यालयकी छात्रालाई होटलमा लागि बलात्कार गरेको आरोपमा सर्लाहीको एक निजि विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन ।
नमुना ज्ञानोदय बोर्डिङ स्कुलका प्रअ गणेश श्रेष्ठलाई आफ्नै विद्यालयको कक्षा ८ मा पढदै गरेकी १४ वर्षीया किशोरीलाई धनुषाको बौवा होटेलमा बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो।
महोत्तरीको खैरमारा स्थित मामा घरबाट घर फर्किंदै गरेकी बालिकालाई लालबन्दी बसपार्कबाट घर पुर्याैइ दिने भन्दै मोटरसाइकलमा चढाएर धनुषाको लालगढ स्थित बौवा होटेलमा लगी शनिबार राती बलात्कार गरेको प्रहरीले जनाएको छ। बस कुर्दै गरेकी बालिकालाई शिक्षकले ठगेर लालगढको होटेल पुर्याकएका थिए।








