कात्तिक २८ ।काठमाडौ,विगतका बर्षहरुमा झै आज पनि विश्व मधुमेह दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।
विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मधुमेह संगठनले प्रत्येक बर्ष मधुमेह दिवस मनाउँदै आएका छन ।
अहिले विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन ।
दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।
खानामा कार्बोहाइडेटको मात्रा बढि, चिल्लो र गुलियो पदार्थ बढि हुँदा पनि मधुमेहको संभावना हुने चिकित्सकहरुले जनाएका छन् ।








