माघ ४ ।काठमाण्डौ,संविधान जारी गर्ने मिति माघ ८ आउन ४ दिन मात्रै बाँकी हुँदा सम्म प्रमुख दलबीच आइतबार बसेको बैठकमा संविधानका विवादित विषयमा सहमति हुन सकेन । संविधानसभा भवनभित्रै बसेको प्रमुख दलहरुको बैठक बिना निष्कर्ष टुंगिएको हो । दलहरुले संघीयताका विषयमा सहमति गर्न नसकेको बैठक स्रोतले बतायो ।
संविधान जारी गर्ने मिति माघ ८ आउन ४ दिन मात्रै बाँकी हुँदा प्रमुख दलबीच संविधानका विवादति विषयमा सहमति हुन सकेको छैन ।सत्तारुढ कांग्रेस–एमालेले साझा अवधारणा बनाएर संवाद समितिमा पेश गरेका छन् भने प्रमुख प्रतिपक्षी एमाओवादी, मधेसवादी लगायतका दलहरुले त्यसमा असहमति जनाएका छन् ।
संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणाली, नागरिकतासम्बन्धी व्यवस्था लगायतका विषयमा प्रमुख दलहरुबीच सहमति हुन सकेको छैन ।कांग्रेस–एमाले सहमति नभए बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्नुपर्ने अडानमा छन् भने एमाओवादीलगायतको प्रतिपक्षीय ३० दलीय मोर्चाले सहमतिमा संविधान जारी गर्नुपर्ने बताउँदै आएका छन् ।
बैठक आजै अपरान्ह पुनः बस्ने बताइएको छ ।








