चोर पक्रन माग गर्दै दमक बजार बन्द

कात्तिक २५ ।दमक, चोरी गर्ने अपराधीलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै व्यवसायीले आज दमक बजार बन्द गराएका छन् ।

तीन साताअघि दमक-१३ स्थित एक कम्प्युटर व्यवसायीको पसलमा भएको चोरी उनीहरुले व्यावसायिक सुरक्षाको माग गर्दै आज एक दिन दमकबजार आह्वान गरेका हुन् ।

दमक–१३ स्थित मुख्य चोकमा रहेको कम्प्युटर सप्लायर्सबाट करिब रु २५ लाखको ल्यापटप र नगद चोरी भएको थियो ।

बन्दका कारण बिहानदेखि यहाँको पसल पूर्ण रुपमा बन्द भएका छन् ।

गत असोज २९ गते राति अनलाइन कम्प्युटर एन्ड सप्लायर्सबाट लाखौँ मूल्यका ल्यापटप चोरी गर्नेलाई पक्राउ गरी कारबाही गर्न प्रहरीले नसकेकाले चोरीमा संलग्नलाई प्रक्राउ गर्न दबाब दिँदै बजार बन्द गरिएको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश प्रसार्इंले बताउनुभयो ।

सङ्घको सोमबार सम्पन्न सर्वपक्षीय बैठकले व्यावसायिक असुरक्षा बढेकाले प्रशासनको ध्यानाकर्षण गराउन बजार बन्द गर्न बाध्य हुनुपरेको

अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो । सोही बैठकले प्रसाईंको संयोजकत्वमा ११ सदस्यीय एक सङ्घर्ष समितिसमेत गठन गरिएको छ ।

सम्बन्धित शिर्षकहरु