जीप दुर्घटनामा ९ को मृत्यु

कात्तिक ९ । ओखलढुंगा, ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ स्थित अधेरी नारायणस्थानमा आज जीप खस्दा ९ जनाको मृत्यु हुनेको भएको छ ।

दुर्घटनामा परी ओखलढुङ्गा ठुलाछापका ४५ वर्षीय तेजबहादुर बस्नेत, उनकी श्रीमती ४० बर्षीया रामप्यारी बस्नेत, ४५ वर्षीय बेदे सार्की, मणिराम भट्टराई, सरीता खड्का, चोलेन्द्र खत्री, तुहीनी भट्टराई, २६ वर्षीया अप्सरा दाहाल र तलुवाका टिका बस्नेतको मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

८ जनाको घटनास्थलमै र अप्सरा दाहालको उपचारको क्रममा मिसन अस्पताल ओखलढुङ्गामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घाईतेहरुको ओखलढुङ्गा अस्पतालमा उपचार भईरहेको छ । घाईतेमध्ये ४ जनाको अबस्था गम्भीर छ ।

विहान साढे १० वजे निशङ्खेबाट सदरमुकाम तर्फ आउँदै गरेको बा ५ च ५८७५ नम्बरको जिप अनियन्त्रीत भई सडकबाट करीब २ सय मिटर तल खसेको थियो ।

 

सम्बन्धित शिर्षकहरु