काठमाडौं ८ कात्तिक ।नेपाल सहित २१ देशहरुले एसियामा क्षेत्रको विकाका चुनौतीलाई सामना गर्न नयाँ बैंक स्थापना गर्ने सहमति गरेका छन् ।
चीन, नेपाल र भारतसहित एशियाका २१ देशका अर्थमन्त्रीले एसियन इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआइआइबी) स्थापनाका लागि शुक्रबार
चीनको राजधानी बेजिङमा हस्ताक्षर गरेका छन् । बैंक स्थापना गरी आगामी २०१५ भित्रै सञ्चालनमा ल्याउने समझदारीपत्रमा उल्लेख छ ।
नेपालका तर्फबाट अर्थमन्त्री डा. रामशरण महतले हस्ताक्षर गर्नुभएको छ । बैंक स्थापनाको समझदारीमा नेपाल, भारत, चीन, बंगलादेश, श्रीलंका, पाकिस्तान, कुवेत, सिंगापुर, मलेसिया, भूटान, मंगोलिया, म्यानमार, ओमन, लगायतका २१ देश रहेका छन् ।
यो बैंक स्थापनापछि एडीबी र विश्व बैंक माथिको निर्भरता एशियाली देशमा कम हुने विश्वास गरिएको छ ।
चिनियाँ राष्ट्रपति सी जिन पिङले विभिन्न मुलुको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै चीनको विश्व बैंक र एसियाली विकास बैंकमा भएका राम्रा अभ्यासहरुलाई यस नयाँ बैंकले पनि प्रयोगमा ल्याउने बताउनुभयो ।
राष्ट्रपति सीले एआईआईबीले एसियाली क्षेत्रको पूर्वाधार निर्माणमा आवश्यक पर्ने स्रोत सहज ढंगले उपलब्ध गराउने बताउनुभयो यस बैंकमा चीनले ५० अर्ब डलर सेयर हिस्सा राख्ने भएको छ । यसको कुल पूँजी करिब १०० अर्ब डलर बनाउने तयारी भैरहेको छ ।








