भारतीय व्यापारीले कामदारलाई दिए दिपावलीको बोनस स्वरूप घर, कार र गहना

कात्तिक ४, काठमाडौँ-  हामीले पनि मनाउने तिहार पर्ब भारतमा त झन् धुमधामका साथ मनाइन्छ । यहि चाडको मौका पारेर त्यहाँ ब्यापारीले ग्राहकहA diamond company gives cars as Diwali bonusरुलाई मात्र बिभिन्न उपहारका प्याकेज मात्र ल्याउदैनन, आफ्ना कर्मचारीलाई समेत उपहार बाड्ने गर्छन । तपाईं अनुमान लगाउनुस एउटा ब्यापारीले यस्ता चाडबाडमा आफ्ना कामदारलाई के के उपहार देला? मिठाई, कपडा वा अन्य केहि कम मूल्य पर्ने समान ?

तर भारतका एक हिरा ब्यापारीले आफ्ना एक हजार २०० कामदारलाई नयाँ गाडी, आवास तथा हजारौँ अमेरिकी डलर पर्ने हिराका गहना पुरस्कार दिएर संसारलाई चकित पारीदिएका छन। पश्चिमी भारतका हिरा ब्यापारी सब्जीभाइ ढोलकियाले आफ्ना कर्मचारीलाई उनीहरूले देखाएको समर्पणका लागि भन्दै हिन्दुको प्रमुख चाड दिवाली अगाडि एक समारोहमा ती महङ्गा उपहार दिएका हुन्।

विश्वका ७५ मुलुकमा गहना निर्यात गर्ने हरिकृष्ण एक्पोर्टका अध्यक्ष ढोलकियाले आफ्ना कर्मचारीले वर्षौसम्म कम्पनीको विकासका लागि गरेको योगदानका लागि पुरस्कार दिइएको बताउनुभएको भारतीय संचार माध्यमहरुले जनाएका छन। कर्मचारीका परिवारले व्यापारिक संस्थाको प्रगतिमा अप्रत्यक्ष रूपमा योगदान दिएको भन्दै अधिकतम पाँच हजार ८६० अमेरिकी डलर पर्ने गहना केही कर्मचारीलाई उनीहरूको पत्नीको उपस्थितिमा समेत दिइएको थियो।

कम्पनीले यस वर्ष २०७ कर्मचारीलाई आवास, ४९१ कर्मचारीलाई गाडी तथा ५०० कर्मचारीलाई गहना पुरस्कार दिएको बताइएको छ।

सम्बन्धित शिर्षकहरु