कात्तिक ३ । काठमाडौं,नेपाल विद्युत प्राधिकरणले विधुत खपत कम गराउने उद्देश्यले तिहारमा झिलिमिली बत्ति नबाल्न आग्रह गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले आज एक सूचना जारी गरेर घर, पसल मल तथा सडकमा उत्सव बत्ति नबाल्न आग्रह गरेको हो ।
सरकारले राति ७ बजेपछि देउसी भैलो खेल्न पनि रोक लगाएको छ ।
साथै कात्तिक ५ गतेदेखि ८ गतेसम्म बेलुकीको समयमा फ्रिज, आइनर, राइस कुकर, एसी जस्ता विद्युत धेरै खपत हुने उपकरण नचलाउन आग्रह गरेको छ ।
प्राधिकरणले अन्यथा ती यपभोक्ताहरुको विद्युत सेवा विच्छेद समेत गराउने चेतावनी दिएको हो ।








