कात्तिक २ ।काठमाडौ,आजदेखि देशभरका पाँच बर्ष मुनिका बालवालिकालाई भीटामीन ए क्याप्सुल तथा जुकाको औषधी खुवाइँदैछ ।
भिटामीन खुवाउने कार्यक्रम बिहानैबाट स्वास्थ्य सेवा केन्द्र र सामुदायिक अस्पतालहरुमा सुरु भएको छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत कात्तिक २ र ३ गते देशभरका ७५ जिल्लाका बालबालिकालाइ भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने गरीन्छ ।
दुई दिनमा देशभरीका ६ महिना देखि पाँच बर्ष मुनिका करिव ३७ लाख बालबालिकालाइ भिटामिन ए क्याप्सुल र ती मध्ये एक बर्षदेखि पाँच बर्ष सम्मका करिव ३१ लाख बालबालिकालाइ जुकाको औषधी समेत खुवाउने कार्यक्रम रहेको छ ।








