पारस शाहमाथि लागु औषध ओसार पसार समेत गरेको अभियोग

असोज २८ । काठमाडौं,थाइल्याणमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई लागुऔषध प्रयोग गर्नुको साथै ओसार पसारमा समेत संलग्न रहेको भियोग लागेको छ । थाइल्याण्डको प्रहरीका अनुसार यस्तो अभियोगमा उनलाई १० वर्ष कैद सजायँ हुन सक्ने छ ।

पारसका साथबाट लागुऔषध गाँजाको पार्सल समेत फेला परेपछि उनी लागुऔषधका अम्मलीमात्रै नभएर ओसारपसारमा समेत संलग्न रहेको थाई प्रहरीले नेपाली दूतावासका अधिकारीहरुलाई जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार थाई प्रहरीको दाबी उधतृ गर्दै नेपाली दूतावासले मन्त्रालयलाई पारसको पछिल्लो अवस्था र उनीमाथिको अभियोगका बारेमा जानकारी पठाएको छ ।

पारस यसपटक निकै कठीनखाले मुद्दामा परेकाले तत्काल छुट्ने सम्भावना नरहेको मन्त्रालयका ती अधिकारीले बताए । यो जानकारी मन्त्रालयका अधिकारीहरुले पूर्वराजपरिवारलाई पनि गराइसकेको स्रोतले जनाएको छ ।

पारसको साथबाट बरामद भएको पार्सलमा मेथाम्फेटामिन र मारिजुवयना (गाँजा) नामका दुई अलग-अलग पोका लागुऔषध बरामद भएको जानकारी त्यहाँको प्रहरीले बैंककस्थित नेपाली दूतावासलाई गराएको छ ।

मारिजुयना भन्दा मेथाम्फेटामिन कडा लागुऔषध भएकाले उनीविरुद्ध कडा कानुनी कारवाही हुने स्रोतले जनाएको छ ।

पारस यअघि पनि दुईपटक बैंककमै लागु औषध प्रकरणमा पक्राउ परिसकेका छन् । यसअघि उनी मारिजुयना नामक लागु औषधसहित पक्राउ परेका थिए ।
शाहको कानुनी लडाइमा सघाउन र उनलाई छुटाउनका लागि आइतवारमात्र पूर्वराजपरिवारले उनका पूर्वस्वकीय सचिव राजेश सिंहलाई बैंकक पठाएको थियो । सिन्ह जानुअघि नै हुण्डीमार्फत ७ लाख थाई भाट रकम पनि पठाइएको स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका अनुसार थाई कानुनअनुसार पारस शाह विरुद्ध त्यहाँको अदालतमा लागु औषध नियन्त्रण ऐनअनुसार पहिलो श्रेणीको मुद्दा दायर हुँदैछ ।
यदि यो अभियोग पुष्टि भएमा उनले दश वर्ष जेल सजायँ वा दुई लाख थाई भाटसम्मको जरिवाना तिर्नुपर्नेछ । उनलाई कैद र जरिवाना दुबै सजायँ पनि हुन सक्ने स्रोतले जनाएको छ ।
अफगानिस्तानमा तालिबान चरम्पन्थीको हमलामा परी २२ सुरक्षाकर्मीको मृत्‍यु
असोज २८ ।काबुल, अफगानिस्तानको सार–ए–पोल प्रान्तमा तालिबान चरम्पन्थीको हमलामा कम्तीमा २२ सुरक्षाकर्मी मारिएका छन् ।

अफगान अधिकारीहरुका अनुसार राजधानी काबूलको उत्तरमा रहेको लगमान घाटीमा चरम्पन्थीको समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो ।
अधिकारीहरुका अनुसार सुरक्षाकर्मीको कार्वाहीमा पनि कम्तीमा २२ जना चरम्पन्थी मारिएका छन् ।

सार-ए-पोलका गभर्नरले उक्त हमलामा सुरक्षाकर्मी चढेका केहि गाडी पनि ध्वस्त भएको बताएका छन् । त्यस अघि राजधानी काबूलमा भएको एक आत्मघाती बम हमलामा एक जनाको मृत्यु भएको थियो ।

यसैबिच, पूर्वी पकतिया प्रान्तका स्थानीयबासीले नेटो सुरक्षा बलमाथि एक नौ बर्षीय बालकसहित सात जना सर्वसाधारणको हत्या गरेको आरोप लगाएका छन् । नेटो सेनाले भने उक्त आरोपको खण्डन गर्दै आफ्नो कार्वाहीमा सशस्त्र समूहका ८ लडाकुको मृत्यु भएको दावी गरेको छ ।

सम्बन्धित शिर्षकहरु