जनकबी केशरी धर्मराज थापाको ९२ बर्षको उमेरमा निधन

असोज २८, काठमाडौँ- नेपालका पहिलो लोक गायक जनकवि केशरी धर्मराज थापाको ९२ वर्षको उमेरमा राजधानीको स्वयम्भुस्थित निवासमा निधन भएको छ। लामो समय  देखि  उपचार गराइरहनुभएका थापाको आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। dharmaraj_thapa1

विक्रम सम्वत १९८१ मा पोखराको बाटुलेचौरमा जन्मनुभएका थापालाई २०१३ सालमा तत्कालिन राजा महेन्द्रले जनकबी केशरी को उपाधि दिएका थिए ।  थापाले हरियोडाँडा माथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा, आज मादल बजेको किन ?, गाउँबेसी दुनियाँ बिउँझाउन, धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला, जस्ता सयौं कर्णप्रिय गीतहरु गाउदै नेपाली लोकगीतको क्षितिज फराकिलो पार्नुभएको थियो ।

लोकगीतको संकलन, गायन र अन्वेषणमा आफ्नो जीवन व्यथित गर्नुभएका थापाको “गण्डकीका सुशेली” लगायत गीत, कविता, लेख, साहित्य, संस्कृति, यात्रा संस्मरण लगायत २९ वटा कृति प्रकाशित छन । “गण्डकीका सुशेली” पुस्तकमा थापाले नेपाली लोकगीतको बारेमा गरेको अनुशन्धान र तिनका उपलब्धिहरुलाई बिस्तृतमा ब्याख्या गर्नु भएको छ ।

थापाको निधन प्रति समग्र संगीतप्रेमीलाई स्तब्ध बनाएको पोखराकै अर्का लोक गायक ऋषि अधिकारीले बताउनु भयो ।

थापाले २०२५ सालको साहित्यतर्फको मदन पुरष्कार, २०५७ सालको जगदम्बा श्री पुरष्कार प्राप्त गर्नु भएको छ । थापाका १ सय भन्दा बढि गीत रेकर्ड भएका छन् भने ।

सम्बन्धित शिर्षकहरु