असोज १४ ।काठमाडौ,महानगरीय प्रहरी अपराध महशाखाले जुवा खेलेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
चावहिलको एक घरमा छापा मारेर महाशाखाले २ लाख रुपैंया र ३ लाखको चेकर जुवा खेल्न प्रयोग गरिएको २९ वटा क्वाइन सहित उनीहरुलाई पक्राउ गरेको हो ।
दशैमा जुवा खेलाउनेक्रम बढेको सूचनाको आधारमा महाशाखाले सादा पोशाकमा खटाएको प्रहरीले नेपाल टेलिकम पछाडिको घरको तेस्रो तलामा छापा मारेको थियो । नविकरण नगरेपछि उपत्यकाका क्यासिनो नेपाल बाहेक सबै क्यासिनो बन्द छन् ।
क्यासिनो बन्द भएपछि ब्यक्तिगत घरमा जुवा खेलाउनेक्रम बढेको सूचनाको आधारमा शंकास्पद घरमा प्रहरी निगरानी बढाइएको महाशाखाले जनाएको छ ।








