बाढी पहिरो पिडितलाइ चाडबाड मनाउन प्रति परिवार ३ हजार दिईने

असोज १२, काठमाडौँ- राष्ट्रपति रामबरण यादवको आग्रह पछी सरकारले देशभरका बाढी पहिरो पीडितहरुलाई दसैं, तिहार, बकरइद र छठ लगायतका चाड पर्व मनाउन खर्च दिने भएको छ ।flood in Bardiya

नेपाल सरकारका सिंचाईमन्त्रि एनपी साउदले दिएको जानकारी अनुशार केन्द्रीय दैवी प्रकोप उद्दार समितिको बैठकले बाढी पहिरो पीडितलाई पर्व खर्चको लागि प्रति परिवार ३ हजार रुपैयाँ दिने निर्णय गरेकोे छ । राष्ट्रपति रामवरण यादवले गत हप्ता बाढी पहिरो प्रभावित क्षेत्रका जनताहरुसँग भेटेर फर्केपछि सरकारलाई राहत प्याकेज घोषणा गर्न  आग्रह गर्नुभएको थियो । राष्ट्रपतिको आग्रहपछि सरकारले बाढी पहिरो पीडितहरुलाई विशेष राहत प्याकेज घोषणा गरेको हो ।

बाँके, बर्दिया, सुर्खेत, मुगु र दाङ लगायत विभिन्न क्षेत्रमा गएको बाढी पहिरोले १० हजार घर पूर्ण क्षति  र २५ हजार आंशिक क्षतिग्रस्त बनेका छन भने यसबाट १३ अर्ब बढीको संरचना समेत नोक्सानी भएको बताइएको छ
।

सम्बन्धित शिर्षकहरु