उपराष्ट्रपति झा चीन प्रस्थान

असोज ८ । काठमाडौँ,उपराष्ट्रपति परमानन्द झा आज चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा प्रस्थान गर्नु भएको छ ।

भोलिदेखि असोज ११ गतेसम्म आयोजना हुने प्रथम चीन-तिब्बत पर्यटन तथा सांस्कृतिक मेलामा भाग लिन उपराष्ट्रपति झा चीन जानु भएको हो ।
तिब्बतको संस्कृति मन्त्रालय र राष्ट्रिय पर्यटन केन्द्रले संयुक्त रूपमा आयोजना गरेको उक्त मेलामा विशेष अतिथिका रुपमा सहभागी भई उपराष्ट्रपति झा कैलाशमान सरोवर यात्रामा जानुहुने कार्यक्रम रहेको छ ।

भ्रमण दलमा उपराष्ट्रपतिकी धर्मपत्नी, उपराष्ट्रपतिको कार्यालयका सचिव राजकुमार मल्ल, परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिकादेवी लुइँटेललगायत हुनुहुन्छ ।

उपराष्ट्रपति झालाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव खगनाथ अधिकारी, नेपालका लागि चीनका राजदूत वु चुन्ताई, उपराष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीलगायतले बिदाई गर्नुभएको थियो ।

उपराष्ट्रपति झा यही असोज १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

सम्बन्धित शिर्षकहरु