विशेष चाडबाड सुरक्षा कार्यक्रम सुरु

असोज १ ।काठमाडौ,महानगरीय प्रहरीले उपत्यकामा आजदेखि उपत्यकामा चाडबाड बिशेष सुरक्षा कार्यक्रम सुरु गरेको छ ।

हिन्दू नेपालीहरुको माहान चाड दसैं, तिहार, छठ तथा ईद पर्वलाई ध्यानमा राखि उपत्यकाका तिनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चाडबाड बिशेष सुरक्षा कार्यक्रम लागु गरेको हो ।

बिशेषगरी चाडवाडको बेला उपत्यकामा हुने पकेटमारी, चोरी, डकैति, लुटपाट, चन्दा आतंक, अपहरण र फिरैतिजस्ता अपराध नियन्त्रण गर्न प्रहरिले यस्तो योजना लागु गरेको महानगरीय प्रहरी महाशाखाले जनाएका छ ।

यो अवधिमा दैनिक उपभोग्य बस्तुको कृत्रिम अभाव हुन नदिन, मिसावट तथा कालोबजारी गर्ने व्यापार व्यावसायिहरुका तथ्याङक संकलन गरी कानुनरी काराबही गरिने भएको छ ।

चाडवाडका नाममा हुने जुवातास र चिठ्ठा खेलसमेत बन्द गरिने भएको छ । उपत्यकाका प्रमुख ब्यापारिक केन्द्र, ठूला तथा मिनि बसर्पा, एकान्त बस्तीहरुमा २४सै घन्टा सादा पोसाक लगाएका प्रहरिहरु खटाईने भएको छ ।

चाडबाड बिषेश सुरक्षा योजना कार्यक्रम अन्तरगत काठमाडौंमा ४ हजार, ललितपुरमा १ हजार १ सय र भक्तपुरमा एक हजार गरि करिब ६ हजार प्रहरी परिचालन गरिने छ ।

 

सम्बन्धित शिर्षकहरु