चार दलको बैठकमा सहमति हुन सकेन

भदौ २६ ।काठमाडौ, सर्वपक्षीय सम्मेलन आयोजनाको विषयलाई टुङ्गो लगाउन प्रधानमन्त्री निवास बालुवाटरमा बसेको चार दलको बैठकमा आज पनि सहमति हुन सकेन ।

प्रमुख तीन दल नेपाली काङ्रेस,नेकपा एमाले,एनेकपा माओवादी र नेकपा-माओवादीबीचको छलफल बिनानिष्कर्ष टुंगिएको हो ।

सम्मेलनको विषयलाई अन्तिम रुप दिन बनाएको कार्यदले बुझाएको प्रतिवेदन माथि छलफल भएको थियो ।

यसअघि बसेको बैठकले ८ सदस्यी कार्यदल गठन गरेको थियो ।

बैठकबाट बाहिरीने क्रममा सञ्चारकर्मीसंग प्रतिक्रिया दिदै नेपाली काँग्रेस र एमालेका नेताहरुले मीतिका विषयमा सहमतिमा पुग्न नसकिएको जानकारी दिनुभएको थियो ।

उहाँहरुले आफुहरुले भदौं महिनामा नै सर्वपक्षीय सम्मेलन गर्ने प्रस्ताव गरेको तर त्यसमा सहमति हुन नसके पछि सुझावका लागि कार्यदललाई पुन जिम्मा दिएको जानकारी गराउनुभयो ।

बैठकमा एकीकृत नेकपा माओवादीले सर्वपक्षीय सम्मेलनमा नेकपा माओवादी र सरकारका विचमा सहमति भ एको आफुहरुलाई जहिले भए पनि फरका नपर्ने कुरा राखेको उपाध्यक्ष पोष्टबहादुर बोगटीले बताउनुभयो ।

बैठकमा नेकपा-माओवादीका सचिब देव गुरुङले भदौ भित्र कार्यव्यस्थताको कारण सर्वपक्षीय सम्मेलन असोज गर्ने प्रस्ताव राखेको जानकारी दिनुभयो ।
उहाँले अन्य राजनीतिक मुद्धाहरुलाई पनि समाधान गर्ने विषयमा ध्यान दिनुपर्ने कुरा बैठकमा राखेको बताउनुभयो ।
बैठकले मिति टुंगो लगाउने जिम्मा फेरी कार्यदललाई दिएको छ । यसअघि बसेको चार दलको बैठकले सर्वपक्षीय सम्मेलन गर्ने सहमति गरेको थियो ।

सम्बन्धित शिर्षकहरु