भदौ २४, काठमाडौँ- नेपाल

प्रेस युनियनको पोखरामा सम्पन्न आठौँ महाधिवेशनमबाट अध्यक्षमा बद्री सिग्देल निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न महाधिबेशनमा ६४२ मत ल्याई सिग्देल ४४४ मत ल्याउनुभेका निकटतम प्रतिद्वन्द्वी शिव लम्साललाइ पराजित गरि विजयी हुनुभएको हो। अर्का प्रत्याशी भुवन भट्टले भने जम्मा ६९ मत प्राप्त गर्नुभएको छ ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, खुल्ला उपाध्यक्षमा ईश्वरी ओझा, रमेश पौडेल , महिला उपाध्यक्षमा बाला अधिकारी (निर्विरोध) र समावेशी उपाध्यक्षमा विजयसन्तोषी राई बिजयी हुनुभएको छ । त्यस्तै महासचिवमा अजयबाबु सिवाकोटी, उपमहासचिवमा प्रेम केसी र भीष्मराज ओझा तथा महिला उपमहासचिवमा सलोजा दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवतर्फ खुल्लामा खिला कार्की र सूर्यकुमार क्षेत्री, महिलामा दीपा आले (निर्विरोध) तथा समावेशीमा केबी राना विजयी हुनुभयो। मत परिणामअनुसार सरोज अधिकारी कोषाध्यक्षमा निर्वाचित हुनुभयो ।
क्षेत्रीय संयोजकमा पूर्वाञ्चलमा लीलावल्लभ घिमिरे , मध्यमाञ्चलमा राममणि दाहाल, पश्चिमाञ्चलमा प्रदीप काफ्ले , मध्यपश्चिमाञ्चलमा देवेन्द्र बर्मा, सुदूरपश्चिमाञ्चलमा लालबहादुर ऐरी र बागमतीमा रमेश खतिवडा विजयी भए।
केन्द्रीय सदस्यमा खुल्ला तर्फ राजाराम कार्की, वसन्त पराजुली, माधव धिताल, दिलीप पौडेल, ऋषिकान्त पौडेल, भुवन शर्मा, युवराज रेग्मी, जयसिंह केसी, शिवराज योगी, रमेश वाग्ले, युवराज गौतम, सुलोचना गौतम, कल्पना शर्मा र प्रकाश अधिकारी विजयी हुनुभएको छ । केन्द्रीय सदस्य दलितमा हीरालाल विश्वकर्मार टेकबहादुर सार्की, मधेसीमा विजय कुशवाह, रामबाबु यादव र अवधेश झा, आदिवासी जनजातिमा सुरेशकुमार श्रेष्ठ, चन्द्रकला राई र पवन श्रेष्ठ, महिलामा सृजना अर्याल, सुरक्षा रेग्मी र दिलीपाश्री अधिकारी, अपाङ्गमा माधवप्रसाद चौलागार्इं (निर्विरोध), अल्पसङ्ख्यक लीलाबहादुर सुनार, पिछडिएको क्षेत्र दयाराम पण्डित (निर्विरोध) र प्रतिष्ठानमा ठाकुर बेेल्वासे ४१ विजयी हुनुभयो ।
अञ्चल संयोजकमा मेची गोविन्दचन्द्र क्षेत्री, कोसी उद्धव तिमिल्सना, सगरमाथा नवीन राई, जनकपुर रोशन न्यौपाने, बागमती मुरारी अधिकारी, नारायणी सञ्जय कार्की लुम्बिनी माधव अर्याल, गण्डकी टङ्क अधिकारी धौलागिरि ज्ञानेन्द्र गौतम, राप्ती केपी घिमिरे भेरी राजेन्द्रबहादुर कार्की, कर्णाली खेगन्द्र भट्टराई, सेती जगत सावन्त, महाकाली हरिश भट्ट र उपत्यका निरज खतिवडा विजयी भएका छन्।








