उच्चस्तरीय राजनीतिक समितिको निकास दिनुपर्छ : प्रधानमन्त्री कोइराला

भदौ १४ ।काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले प्रतिपक्षले उठाएको उच्च स्तरीय राजनीतिक संयन्त्रको मागको निकास दिनु पर्ने बताउनु भएको छ ।शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।

राष्ट्रिय समाचार समितिद्वारा बाढी पहिरो पीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई पनि निकास दिनु पर्ने भन्दै दलहरुबीच सहमति,सहकार्य, एकता र मेलमिलापको विकल्प नै नभएको बताउनु भयो ।

उहाँले संविधान निर्माणको प्रकृयालाई गति दिन आवश्यक भएको पनि बताउनु भयो ।

“संविधान जारी हुनासाथ मुलुक नयाँ चरणमा जान्छ । यसैले छिटोभन्दा छिटो सहमति कायम होस ।म पनि संविधान निर्माणका कामबाट छिटो मुक्ति पाइओस भन्नेमा छु” प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।

प्रधानमन्त्री कोइरालाले आपसी संवादबाट सबै खालका समस्याको समाधान गर्न सकिने भन्दै संविधान निर्माणमा सबै पार्टीहरुलाई साथै लिएर जाने विषमा छलफल भएको पनि बताउनु भयो । उहाँले शान्ति
उहाले प्रकृयालाई टुंगोमा पुर्याउन सत्य निरुपण तथा बेपत्ता छानवीन आयोग बन्ने चरणमा गएको पनि बताउनु भयो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा आज प्रधानमन्त्रीको स्वकीय सचिवालय,रासस,राधेराधे समूहले सहयोग गरेका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव बसन्तकुमार गौतमले प्रधानमन्त्रीको स्वकीय सचिवालय र सल्लाहकार समूहबाट संकलन गरिएको ८३ हजार ५ सय ५१ रुपैया बराबरको चेक प्रधानन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नु भएको थियो । प्रधानमन्त्रीको स्वकीय सचिवालय र सल्लाहकार समूहले स्वेच्छिक रुपमा दिएको ५ दिनको पारिश्रमिकबाट उक्त रकम संकलन गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख स्वकीय सचिव गौतमले विनासकारी पहिरो र बाढीबाट पीडित नागरिकलाई सहयोग गर्न प्रधानमन्त्री कोइरालाले गर्नुभएको आह्वानबाट प्रभावित भएर स्वकीय सचिवालय र सल्लाहकार समूहबाट स्वेच्छिक रुपमा उक्त सहयोग प्राप्त भएको बताउनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिमा कार्यरत कर्मचारीहरुले संकलन गरेको २५ हजार १ रुपैयाको चेक समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले प्रधानमन्त्री कोइरलालाई हस्तान्तरण गर्नु भयो ।
समितिका कर्मचारी संघका तर्फबाट राजाराम कार्कीको सक्रियतामा सो रकम संकलन गरिएको थियो ।
आजै राधेराधे समूहले पनि प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा १० लाख ९ सय ९९ रुपैयाको सहयोग प्रदान गरेको छ ।

सम्बन्धित शिर्षकहरु