आज हरितालिका तीज

भदौ १२, काठमाडौँ- नेपाली हिन्दु नारीको महान पर्ब हरितालिका तीज आज देश भर र बिदेशमा समेत धुमधामका साथ मनाइदै छ ।  आज निराहार ब्रत बसी नेपाली नारीहरु आफ्ना पतिको दिर्घायुको कामना गर्दै महादेवको पुजा अर्चना गर्ने गर्दछन । त्यस्तै अबिबाहित महिलाहरु राम्रो पतिको कामना गर्दै ब्रत बस्ने गर्दछन ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरु व्रत बस्ने गरेका गर्दछन् ।

बिहिबार तीजका दिन पशुपति दर्शनका लागि लाइनमा बसेका महिला
बिहिबार तीजका दिन पशुपति दर्शनका लागि लाइनमा बसेका महिला (तस्बिर- रमेश अधिकारी)

निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेका छन् जहाँ सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्न सकिने शास्त्रमा उल्लेख छ ।

पशुपति क्षेत्र विकास कोषले हरितालिका तीज पर्वमा व्यवस्थित ढङ्गले दर्शनार्थीलाई मन्दिर प्रवेश गराइरहेको छ । बिहान साढे तीन बजेदेखि नै दर्शनका लागि व्यवस्था मिलाइएको कोष सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो । मन्दिरको भित्रि भागमा महिला सुरक्षाकर्मी र स्वयम्सेवक पनि महिला नै खटाइएका छन् ।

मन्दिर प्राङ्गणमा ११३ महिला प्रहरी र २०० महिला स्वयम्सेवक खटाइएको  छ  । तीज पर्वमा महिलाको भीड लाग्ने भएकाले पुरुष दर्शनार्थीलाई बिहान छ बजे अगाडि नै दर्शन गरिसक्न सूचित गरिएको कोषका कानुन अधिकृत कमलबहादुर बोगटीले बताउनुभयो । तीज पर्वकै लागि दुई हजार २४६ सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटाइन लागिएकाले पनि दर्शनार्थीले व्यवस्थित ढङ्गले दर्शन गर्न पाउने तीज व्यवस्थापन समितिले जानकारी दिएको छ  ।

सम्बन्धित शिर्षकहरु