कवि मोतीराम भट्टको १४९औं जन्मजयन्ती मनाइदैछ ।

भदौ ९ ।काठमाडौ, राष्ट्रिय विभूति युवक कवि मोतीराम भट्टको १४९औं जन्मजयन्ती देशभर मनाइदैछ ।

भट्टको सम्झनामा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना भैरहेको छ ।

विसं १९२३ भाद्र कृष्ण औंसीका दिनमा जन्मेका मोतीरामको विसं १९५३ भाद्र कृष्ण औंसीकै दिनमा अल्पायुमै निधन भएको थियो ।

नेपाली साहित्यको श्रीवृद्धिमा युवाकवि मोतीरामको योगदान महत्वपूर्ण रहेको छ ।

आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका मोतीरामले नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।

नेपाली साहित्यमा शृङ्गार रसलाई उपयोग गरी साहित्यिक रचनामा योगदान पुर्याएका मोतीरामले नेपाली गजल साहित्यको श्रीवृद्धिमा समेत विशेष भूमिका खेल्नुभएको थियो ।

मोतीरामका गजल र ‘पिकदूत’ अनुवाद ग्रन्थ विशेष उल्लेखनीय साहित्यिक कृतिका रूपमा छन् ।

सम्बन्धित शिर्षकहरु