साउन ३०। काठमाडौ,बेलायत पठाउछु भन्दै लाखौं रुपैया ठगी गर्ने लक्ष्मीदेवी शाहलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ ।
लक्ष्मीदेवीले चालीस जनालाई बेलायत पठाइदिन्छु भनी २०७० वैशाखदेखि विभिन्न मितिमा रु ६२ लाख ७० हजार ठगी गरेको खुलासा भएपछि महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
हाल ललितपुर कुमारीपाटी बस्दै आएकी ४८ वर्षीया शाहको घर भारतको विहारस्थित पटनामा भएको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक दामोदर दवाडीले जानकारी दिनुभयो ।
बेलायत जान पाइने आशामा लाखौँ रुपैयाँ बुझाएका प्रवीण पाठकको उजुरीका आधारमा शाहलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दवाडीले बताउनुभयो ।








