म्याद सकिंदै जांदा एम आर पि बनाउन अस्ट्रेलियाको दुतावसमा भीड

सिड्नी ।  अस्ट्रेलियाको क्यानवेरा स्थित नेपाली दुतावासमा  मेसिन रिडेबल पासपोर्ट (एम आर पी) का लागि आवेदन दिने नेपालीको संख्या एक्कासी बढ्न पुगेको छ। पुरानो राहदानिलाई प्रयोगमा ल्याउन पाउने म्याद सकिंदै जाँदा नयाँ एम आर पिका  लागि यो भिड बन्न पुगेको दुतावासका उपनियोग प्रमुख राजेन्द्र पाण्डे असनेपालनयुजलाई बताउनुहुन्छ । दुतावासले ईमेल तथा पत्र मार्फत पनि आवेदन पेश गर्‍न पाइने यवस्था मिलाए पछी यो एम आर पि आवेदकहरू बढेको हजारौ को संख्यामा बढेको दुतावसको  जनाएको छ। विसेषत:अष्ट्रेलिया र ओसिनिया क्षेत्रका देशहरुमा बसोवास गर्ने सम्पूर्ण नेपालीहरू लाई क्यानवेरा स्थित नेपाली दुतावासले सेवा प्रदान गर्ने गरेको छ । http://www.simapari.com.au/wp-content/uploads/2014/01/nepalimrp.jpg  हालः प्रचलनमा रहेको हस्तलिखित राहदानी २०१५ नोभेम्बर २४ देखि प्रयोग गर्न नसकिने भएकाले एमआरपी लिन दूतावासले आग्रह गरेको हो । अस्ट्रेलिया लगायत अन्य देशका नेपालीइहरूले समेत यतिवेला  एम आर पि का लागि धमाधम  आवेदन दिन थालेका छन्। यसले गर्दा एम आर पि तयार हुन सामान्य भन्दा बढी समय लाग्ने गरेको बताइन्छ । सामान्य तया  ३ महिनाको अवधिमा सो राहदानी  तयार हुने र नयाँ राहदानि तयार नहुंदा सम्म दुतावासले कामचलाऊका लागि एक आस्थायि राहदानि जारि गर्दै आएको  छ।
हस्तलिखित राहदानीमा २०१५ पछिको म्याद भए पनि प्रयोग गर्ने नमिल्ने भन्दै एमआरपीका लागि दरखास्त दिन अनुरोध  गरिएको  छ । नयाँ राहदानी  प्राप्त  गर्न अपनाउनु पर्ने प्रकृया  र त्यस सम्बन्धी वृस्तृत जानकारी नेपाली राजदुतावास, क्यानवेराको वेभसाइट www.necan.gov.np मा जानकारी उपलब्ध छ । यस विषयमा राजदुतावासमा केही सोधपुछ गर्न आवश्यक परे info@necan.gov.np इमेल वा passport@necan.gov.np मा बुदागतरुपमा  लेखेर पठाउन वा कार्यालय समय भित्र निम्न फोन नम्बर 02 61621554, 02 62868006 मा सम्पर्क गर्न भनिएको छ ।

नेपाल सरकारले आफ्ना नागरिकहरुको लागि सन् २०१०को डिसेम्बरबाट मेसिन रिडेबल पासपोर्ट (एम आर पी) वितरण शुरु गरेको थियो ।

सम्बन्धित शिर्षकहरु