ओस्कार बिजेता हलिउड कमेडियन रोबिनको निधन

एजेन्सी/

साउन २८, काठमाडौँ- विश्व मनोरन्जनको एकमात्र सम्मानित ओस्कार अवार्ड विजेता हलिउड कलाकार रोविन विलियम्सको ६३ बर्षको उमेरमा निधन भएको छ । प्रहरीले रोबिनलाई उहाकै घरमा मृत अवस्थामा भेटेको हो । केहि समय देखि “डीप डिप्रेसन” मा रहेका भनिएका कमेडी कलाकार रोबिनको निधनको कारण आत्महत्या भएको प्रहरी अनुमान छ । robin-williams

परिवारले रोबिनको नीजि कुरालाई सम्मान गर्न आग्रह गरेको छ । एक बिहानै आफूले आफ्नो श्रीमान् र सबैभन्दा मिल्ने साथीलाई गुमाएको उहाकी श्रीमती सुसानले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको न्यूयोर्क टाइम्सले लेखेको छ । रोविनले हलिउडका थुप्रै फिल्ममा कमेडीका मार्फत दर्शकलाई मनोरञ्जन दिनुभएको थियो ।

रोबिनले सन् १९९७ मा ‘गड विल हन्टिङ’ सिनेमाबाट सह–अभिनेताको रुपमा ओस्कार अवार्ड जित्नुभएको थियो । उहा ‘द फिसर किङ’, ‘डेड पोइट्स सोसाइटी’, ‘गुड मर्निङ भियतनाम’ सिनेमाबाट नोमिनेशनमा समेत पर्नुभएको थियो ।

सम्बन्धित शिर्षकहरु