कोरियन भाषा परिक्षाको आबेदन आजबाट खुल्ला

साउन २८, काठमाडौँ- इपिएस प्रणाली अन्तर्गत कोरिया जान चाहनेका लागि पहिलो कदम कोरियन भाषा परीक्षाका दिनका लागि आजदेखि आवेदन खुला हुने भएको छ ।

फारम भर्नेको संख्या बढ्ने अनुमान लगाउदै यसपटक उपत्यकामा तीन र बाहिर चार ठाउँबाट आवेदन फारम बुझाउन सकिने व्यवस्था गरिएको छ । रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत काम गर्न कोरिया जान अनिवार्य रुपमा कोरियन भाषा परीक्षा पास गर्नुपर्छ । महिनाको करिब १ लाख कमाइ हुने दक्षिण कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तब्य हो । परीक्षा दिनेले आगामी शनिबारसम्म आवेदन फारम बुझाइसक्नुपर्नेछ ।

उपत्यकामा एक्मी इन्जिनियरिङ कलेज सीतापाइला,ल्यावरोटरी स्कुल कीर्तिपुर, च्यासल फुटबल खेलमैदान बालकुमारीबाट आवेदन फारम बुझाउन सकिनेछ । उपत्यका बाहिर पोखरा, धरान, बुटबल लगायतका स्थानबाट आवेदन दिन पाइन्छ ।

सम्बन्धित शिर्षकहरु