साउन २४, काठमाडौँ- दोलखाको जिरीमा गएको पहिरोमा परि जाँदा ३ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन्।
सोहि घटनामा परी ७ जना घाईते भएका छन्। जिरी गाविस–७ वसपार्क नजिकै गएराती गएको पहिरोमा परी स्थानीय ५ वर्षीय सुजल जिरेल, १४ वर्षीय सुष्मा जिरेल र अन्दाजी २५ वर्षीय पेमा दोमा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। बेपत्ता हुनेमा तारा तामाङ र जुना तामाङ छन्। घाईतेको दोलखा जिल्ला अस्पताल चरिकोट र जिरीमै रहेको अस्पतालमा उपचार भईरहेको छ। घाइते मध्ये ३ जना गम्भीर रहेको दोलखाका प्रहरी नायब उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो । पहिरोले पाँचवटा टहरामा क्षति पुर्याएको छ।








