सुनकोसी बाढीपीडितको लागि ४० लाखको राहत कोष

साउन १८ ।काठमाडौँ,सिन्धुपाल्चोकको जुरेमा सुनकोसी नदी थुनिएर विस्थापित भएका पीडितहरुको सहयोगका लागि रु ४० लाखको ‘सुनकोसी बाढीपीढित राहत कोष’ स्थापना गरिएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, नेपाल ट्रेड कन्टेनर व्यवसायी सङ्घ र हिमालय सीमापार वाणिज्य सङ्घको संयुक्त पहलमा आज यो राहत कोषको स्थापना गरिएको हो ।

सीमापार वाणिज्य सङ्घका अध्यक्ष नीलकण्ठ चौलागाईंले जति सक्दो छिटो बाढीपीडितलाई सहयोग गरिने बताउनुभयो ।

सुनकोसी नदी थुनिएर सिन्धुपाल्चोकस्थित माङ्खा, टेकानपुर र रामपुर गाविस प्रभावित भएको थियो । घटनामा परी हालसम्म नौको मृत्यु, १६ गम्भीर घाइते र १०० जनाभन्दा बढी बेपत्ता भएको बताइएको छ ।

 

सम्बन्धित शिर्षकहरु