साउन १८ । काठमाडौं,सिन्धुपाल्चोक पहिरोले थुनिएको सुनकोशी नदीमा पानीको प्रवाह ८० प्रतिशत जति बग्न थालेको छ ।
शुक्रबार रातिदेखि थुनिएको सुनकोशीमा २० प्रतिशत पानी अझै बग्न नसकेपछि तालमा जमेको पानी भने यथावत छ ।
सुरक्षाकर्मीले आइतबार बिहानैदेखि पानीको प्रवाह नियमित गराउने र डुबेका घरबाट शवहरु खोज्ने काम गरिरहेका छन ।
पहिरो झरेको ठाउँपट्टबिाट पानी बग्न थालेपछि यसअघिको आकारमा नदीको बहाब शुरु भए पनि थुनिएको नदी यथावत नै रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयले जनाएको छ ।
एकछेउबाट पानी बग्न थाले पनि यसअघि नदी बग्ने गरेको स्थानमा पहिरोले बनाएको पहाड यथावत रहेको छ ।
अँधेरी क्याम्पका सशस्त्र प्रहरीका डिएसपी मोहन गुरुङले माइकिङ गरेर नदी आसापासका जनतालाई सुरक्षित स्थानमै रहन सूचना गरेको जानकारी दिनु भयो ।
स्थानीयहरुका अनुसार कम्तिमा २ सय जना स्थानीय पहिरोभित्र हराइरहेका छन् ।
कुन घरमा कति मान्छे थिए भन्ने यकिन संख्या नभएका कारण संख्यामा अन्योल छ ।








