एजेन्सीको सहयोगमा असनेपालन्युज सम्बाददाता/
साउन १५, बिहार- जव अति हुन्छ तव अवाज बिहिन र निर्धा भनिएका जनता जाग्छन । जब जनता जाग्छन मै हुँ भन्ने बडे बडे पदधारी व्यक्तिहरु पनि ज्यान बचाउन कुलेलाम ठोक्न बाध्य हुन्छन । नेपालसँग सीमा जोडिएको भारतीय जिल्ला बिहारका जनताले यस्तै गरे । समस्तिपुर जिल्लाको निकासपुर गाउँमा एउटा पेट्रोल पम्पको उद्घाटन गर्न भनि आएका बिहार राज्यका पशु मामिला मन्त्री विद्यानाथ सहनीलाई आक्रोशित गाउँलेले लखेटेका छन्।

स्थानीय कलेजको जग्गामा ब्यापारी संग मिलेमतो गरि पेट्रोल पम्प बनाउन दिएको भन्दै गाउँलेहरु मन्त्री सहनीमाथि आक्रामक भएका हुन्। आक्रामक भएका गाउँलेले लाठी र इँटा बोकेर सहनीमाथि आक्रमणमा उत्रिए पछी अघि पछी प्रहरीको घेरामा रहेका सहनी एउटा कलेजको कक्षा कोठामा लुक्न बाध्य भएका थिए।उनीहरुले कलेजमा पार्क गरी राखेका केही ट्रयाक्टरसमेत जलाएका थिए।

मन्त्री सहनीले भारतीय जनता पार्टीले आफूमाथि आक्रमण गराएको आरोप लगाएका छन्। पुलिसले मुस्किलसँग मन्त्री सहनीलाई गाउँबाट बाहिर भगाएको हिन्दुस्तान टाइम्सले लेखेको छ।








