आज साउन १५ अर्थात खीर खाने दिन

साउन १५ । काठमाडौं,आज साउन १५ गते, नेपालीहरुले खीर खाएर मनाइरहेका छन ।

कृषि प्रधानदेश नेपालमा परापुर्वकालदेखि नै असार १५ मा दही च्यूरा खाएर रोपाइँ गरिन्छ भने खेतको काम सकेर साउन १५ मा खीर खाने प्रचलन रहेको छ

वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको विश्वास गरिन्छ ।

नेकाली पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् ।

आजको दिनमा किसानहरुले मात्र नभै खेती नगरिकन शहर बजारमा बस्ने नेपालहरुले पनि खिर खाने गर्दछन ।

सम्बन्धित शिर्षकहरु