अस्ट्रेलियामा सडक दुर्घटनामा भन्दा ४ गुणा बढी मानिस रक्सीका कारण मर्छन

एजेन्सीको सहयोगमा असनेपाल न्युज सम्बाददाता/

साउन १५- रक्सी सेवनका कारण लाग्ने रोगबाट अस्ट्रेलियामा दैनिक १५ जनाको मृत्यु हुने गरेको एक अनुसन्धानले देखाएको छ । उक्त अनुशन्धानले प्रत्यक दिन ४५० जनाको हाराहारीमा रक्सीकै कारण अस्पतालमा भर्ना हुनेगरेको तथ्य पनि बाहिर ल्याएको छ ।

Victoria Health, Turning Point Alcohol and Drug Center र  Foundation for Alcohol Research and Education ले संयुक्त रुपमा गरेको अध्यनले यो तथ्य बाहिर ल्याएको हो । अध्यनको रिपोर्टमा भनिएको छ सन् २०१० मा मात्र अस्ट्रेलियामा अत्यधिक रक्सि सेवनका कारण ५५५४ जनाको मृत्यु र १५७१३२ जना अस्पतालमा भर्ना भएका थिए । रक्सी सेवनका कारण मृत्यु हुनेमा पनि अस्ट्रेलियाको उत्तरी क्षेत्र ( Northern Territory ) पहिलो नम्बरमा छ जहाको कुल मृत्यु संख्याको ११.८ प्रतिशत त रक्शिका कारण नै हुन्छ

रक्सीका कारण मृत्यु हुने संख्या आस्त्रेलियाको सडक दुर्घटनामा मर्ने मानिसको संख्या भन्दा ४ गुणा बढी भएको अस्ट्रेलियन न्युज एजेन्सी एबिसीले बताएको छ । सन २००० को तुलनामा यो संख्या ६० प्रतिशतले बढेको बताइएको छ । अध्यनले अस्ट्रेलियाका करिब ८५ प्रतिशत नागरिकले आफ्नो जीवनकालमा औसतमा ११ बर्ष सम्म रक्सी पिउने गरेको तथ्य पनि सार्वजनिक गरेको छ ।

सम्बन्धित शिर्षकहरु