उपचारपछि ओली आज स्वदेश फर्कदै

असनेपाल न्युज सम्बाददाता/

साउन १२, काठमाडौँ- दायाँ हात सुनिए पछी स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज  स्वदेश नेपाल फर्कदै हुनुहुन्छ ।

उहा मंगलबार  मध्याह्न  १२ बजे काठमाडौँ अवतरण गर्नुहुने छ । केहि बर्ष अगाडी दुवै मृगौला प्रत्यारोपण गर्नु भएका ओलीको स्वास्थ्यमा बेला बेला समस्या उत्पन्न हुदै आएको छ । पछिल्लो पटक उहाको दायाँ हातमा फंगल इन्फेक्सन भै हातै नचल्ने भएको थियो ।

ओलीले सिंगापुरमा नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउनु भएको थियो । एक साता अघि सिंगापुर उड्नुभएका ओलीको फङ्गल सङ्क्रमणका कारण सुन्निएको दायाँ हात  इपचार पछी ठिक भएको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु