विवाह, व्रतबन्धको बढीमा १५ जनासम्म, खाद्य पसल दुई सिफ्टमा खेल्न दिने
काठमाडौं, १३ बैशाख । काठमाडौंमा बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी भएको छ।
जारी गरेको आदेश अनुसार विवाह, व्रतबन्धको बढीमा १५ जनासम्म सहभागि हुन पाउनेछन् । खाद्य सामग्रीका पसल ुदुई सिफ्टुमा खेल्न दिने निर्णय गरेको छ।
प्रशासनले सोमबार साँझ जारी गरेको आदेशअनुसार खाद्य सामग्री पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्न दिइने भएको हो।
यता, खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल व्यवसाय भने २४ सै घण्टा खोल्न दिइने जारी सूचनामा जनाइएको छर
डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजे देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न दिइनेछ।
खाद्य सामग्री, ग्रोसरी पसल,औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ।








