असनेपाल न्युज सम्बाददाता/
साउन १०, काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सभापाति गिरिजाप्रसाद कोइरालाले हुर्काएका र आफ्नो नामबाट नागरिकता दिलाएका उनका “छोरा” सुरेश कोइरालाको शनिबार हृदयघातबाट निधन भएको छ।
शनिबार बिहान साढे ९ बजे एक्कासी मुखबाट रगत बगेकाले उपचारको लागि ओम अस्पताल पुर्याएका कोइरालाको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ।
प्रिन्टिंग व्यबसाय गर्दै आएका कोइराला चावहिलस्थित कार्यालयको नियमित काम सकी परिवारसँग बसेर चिया पिउनेक्रममा मुखबाट रगत निस्कन थालेको पारिवारिक स्रोतले बताएको छ। कोइरालालाई असहज हुनेबित्तिकै परिवारका सदस्यले तत्कालै ओम अस्पताल पुर्याएका थिए।
गिरिजाप्रसाद कोइरालाकै लालन पालनमा हुर्केका सुरेशलाई कोइरालाले आफ्नै नामबाट नागरिकतासमेत दिएका थिए। ६८ बर्षको उमेरमा निधन भएका कोइरालाको शनिबार नै पशुपति आर्यघाटमा अन्तिमा संस्कार गरिने परिवार स्रोतले जनाएको छ।








