गैरकानुनी आप्रबासी कामदारलाई घर फर्काउन मलेसियाली सरकारले ल्यायो योजना

असनेपाल न्युज सम्बाददाता/

श्रावण १०, काठमाडौँ – मलेसियाली सरकारले गैरकानुनी रुपमा त्यहाँ कार्यरत आप्रवासी कामदारलाई ‘स्वेच्छिक फिर्ती कार्यक्रम’ अन्तर्गत घर फर्काउन नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत गैरकानुनी रुपमा मलेशियामा रहेका आप्रवासी कामदार आगामी डिसेम्बर ३१ भित्रमा स्वदेश फर्कन सक्ने बताइएको छ । १२ हजार नेपाली रुपैंया शुल्क तिरेर उक्त योजना अन्तर्गत गैर कानुनी रुपमा रहेका जो कोहि आफ्नो देश फर्किन सक्ने मलेसियाली गृहमन्त्री अहमद् हमिदीले जानकारी दिएको अन्तरास्ट्रिय संचार माध्यमहरुले बताएका छन ।

मलेशियामा हजारौ नेपाली कामदार गैर कानुनि रुपमा रहेको अनुमान गरिएको छ । ती मध्ये करिब ८ हजार गैरकानुनी नेपाली कामदारले घर फर्किनका लागि भन्दै यात्रा अनुमति पत्र लिसकेका छन् । मलेशियाली सरकारको यो योजनाले ती नेपालि पनि लाभान्वित हुने छन् ।

कार्यक्रमअनुसार जरिवानास्वरुप तीन सय रिंगिट र एकतर्फी फिर्ती पासका लागि एकसय रिंगिट अध्यागमन विभागमा बुझाएपछि त्यस्ता हैसियतका कामदार स्वदेश फिर्न पाउनेछन् । यही जुलाई १८ देखि शुरु भएको भनिएको यस कार्यक्रमअनुसार र्फकंदा आवश्यक पर्ने हवाईटिकट/फिर्ती टिकट भने कामदार आफैंले व्यवस्था गर्नुपर्नेछ ।

 

सम्बन्धित शिर्षकहरु