मङ्सिर २५ ।मेलम्ची,सिन्धुपाल्चोक जिल्लाको मार्मिङ गाविस वडा नं ८ का मङ्गल थामीले ३९ वर्षीया श्रीमती आइतमायाको हत्या गरेका छन् ।मङ्सिर २३ गते ५२ वर्षीय श्रीमान् थामीले ३९ वर्षीया श्रीमती आइतमायाको निधार र दाहिने घुँडामा खुुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए ।
गम्भीर घाइते भएकी आइतमायाको समयमा उपचार नपाएर गएराति निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालयमा यो घटनाका सम्बन्धमा उजुरी आएको प्रहरी निरीक्षक राजकुमार थापाले बताउनुभयो ।
स्थानीयवासीको सूचनाको आधारमा सोही गाउँको जङ्गलबाट आज बिहान मङ्गललाई पक्राउ गरिएको हो ।
विष सेवन गरेको पाइएकाले उनलाई प्रहरीको नियन्त्रणमा बाह्रबिसेस्थित क्रिस्टन अस्पतालमा उपचारार्थ लगिएको छ ।








