महिलालाइ अश्लिल एस एम एस पठाउने व्यक्ति प्रहरी खोरमा

असनेपाल न्युज सम्बाददाता/

साउन ८, काठमाडौँ – प्रविधिको बिकाश संगै नेपालमा यसको दुरुपयोग पनि बढ्दै गएको छ । पछिल्लो समय सामाजिक संजाल र मोबाइल फोनको दुरुपयोग बढ्दै जादा प्रहरी पनि त्यस्तो दुरुपयोग रोक्ने काममा कस्सिएर लागेको छ ।

यसै क्रममा संचारको लागि अत्याबस्यक बनिसकेको मोबाइल फोनको दुरुपयोग गर्ने एक व्यक्ति मोरङमा पक्राउ परेका छन् । मोबाइल मार्फत अश्लील एसएमएस पठाउने एक व्यक्ति पक्राउ परेका हुन् ।

विराटनगर–५ बस्ने ३१ वर्षीय चन्द्रकुमार मण्डललाई उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङलाइ उदृत गर्दै राससले जनाएको छ ।

मोबाइलबाट उनले महिलालाई विभिन्न अश्लील एसएमएस पठाएको आरोपमा पक्राउ गरिएको हो । उनीमाथि सार्वजनिक अपराधअन्तर्गत आवश्यक कारबाही सुरु गरिएको बताइएको छ ।

सम्बन्धित शिर्षकहरु