असनेपाल न्युज सम्बाददाता/
साउन ७, काठमाडौँ – रिसको झोकमा आफ्नै भतिजीको हत्या गरेपछि आत्तिएका बैतडीका एक युवकले आफूले पनि झुण्डीएर आत्महत्या गरेका छन् ।
बैतडी कटौजपानी- ४ का १८ वर्षीय मने लुहारले घरायसी झगडाका क्रममा होस गुमाउदै आफ्नै दाजुकी ७ महिनाकी छोरी पुष्पालाई ढुंगामा पछारेर हत्या गरेका थिए । हत्या गरेपछि आत्तिएका लुहारले आफूले चाही रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरी जनाएको छ ।
मंगलबार राति साढे ८ बजे घरभन्दा ५ सय मिटर दक्षिणमा रहेको एक रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








