‘देउवा सरकारका पछिल्ला निर्णयमा नयाँ सरकारले पुनर्विचार गर्न सक्ने’

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवा सरकारका पछिल्ला निर्णयमा नयाँ सरकारले पुनर्विचार गर्ने बताएका छन् । भरतपुर विमानस्थलमा अाज पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । अध्यक्ष प्रचण्डले कामचलाउ सरकारले अनावश्यक काम नगरे राम्रो हुने बताउँदै बाँदरमुढे घटनामा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा नगरेकोमा दुख पनि व्यक्त गरेका छन् ।

आफू सरकार गठनअघि नै पार्टी एकता होस् भन्ने पक्षमा रहेको धारणा पनि उनले व्यक्त गरेका छन् । उनले भने, ‘सरकार गठन अघि नै पार्टी एकता होस् भन्नेमा छु । त्यो जनभावना र हामीले गरेको प्रतिवद्धता अनुसार पनि हुन्छ ।’

सम्बन्धित शिर्षकहरु