असनेपाल न्युज सम्बाददाता/
असार ६, काठमाडौं : एमालेमा बरिष्ठ उपाध्यक्ष को हुने भन्ने विवाद कायमै रहदा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि बाहिर हुदा कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रहनुभाएका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सम्हाल्नुहुने भएको छ। एमाले अध्यक्ष ओलीले उपचारका लागि सिंगापुर जाँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिएर जानुभएको एमालेका एक नेताले जानकारी दिनुभएको छ ।
‘सबैभन्दा वरिष्ठ उपाध्यक्ष गौतम नै हो। उहाँले नै कार्यवाहक अध्यक्षको जिम्मा पाउनु उत्तम कुरा हो’, एमाले महासचिव ईश्वर पोखरेलले भन्नुभयो, ‘पार्टीभित्र बरियता हुन्छ। कसले बढी भोट पायो भन्ने हिसाबले वरिष्ठताको हिसाब हुँदैन।’ नेपाल प्यानलबाट चुनिनुभएका एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पनि वरिष्ठ उपाध्यक्ष गौतम नै भएकाले उनले कार्यवाहक पाउने बताउनुभयो। ‘वामदेव गौतम वरिष्ठ उपाध्यक्ष भन्नेमा पार्टीभित्र कुनै विवाद छैन। उहाँ नै कार्यवाहक अध्यक्ष हुनुहुनेछ’, ज्ञवालीले भने, ‘वरिष्ठताबारे बजारमा चर्चा भएजस्तो पार्टीभित्र केही छैन।’








