असनेपाल न्युज सम्बाददाता/
श्रावण ६, काठमाडौँ – एमालेको नवौ महाधिबेशन बाट भर्खरै निर्वाचित अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ। मंगलबार अपरान्ह ओली त्यस तर्फ प्रस्थान गर्नुभएको हो ।
केहि बर्ष पहिले मिर्गौला प्रत्यारोपण गर्नु भएका ओलीको पछिल्लो समयमा दाहिने हातमा फंगल इन्फेक्सन भएको छ । यसअघि उपचारका लागि बैंकक जाने भनिएको भए पनि सोमबार राति सिंगापुरको चिकित्सकसँग समय मिलेपछि लाइ उतै लागिएको हो । केहि समय अगाडी उहाको बैंककमै एक महिनासम्म उपचार गरिएको थियो ।
सिंगापुरको नेसनल युनिभर्सिटीमा फंगल विशेषज्ञको निगरानीमा ओलीको उपचार हुने उहाका सहयोगी इन्द्र भण्डारीले जानकारी दिनुभयो । अोलीको साथमा श्रीमती राधिका शाक्य र सहयोगीका रुपमा राजेश बज्रचार्य रहेका छन् ।








