नेपालीहरूको जमघट स्थल बन्दै छ सिड्नीको ‘सेन्टजर्ज’ क्षेत्र

NepaleseAbroad.com: Last Bus to Kathmandu Nepalese Restaurant in Rockdale Sydney Australianepali in rockdale1सिड्नि। अस्ट्रेलियाको सिड्नी स्थित रकडेल यतिवेला नेपालको न्यास्रो मेटाउने जमघट केन्द्र बन्न थालेको  छ।  नेपालीहरू आफ्नो पन खोज्दै रकडेलमा पुग्ने गर्छन् -जहां उनिहरु आफ्नै मौलिकताले भरिएको खानाका परिकार देखि लता कपडा तथा अन्य सेवाहरू खरिद गर्न सक्छँन्। नेपालीहरू द्वारा सन्चालित ब्यवसाय कोग्राह र रकडेल शहरमा मात्र करिव २६ पुगिसकेको स्थानिय नेपाली ब्यवासायिहरूको अनुभव छ। जहां आधा दर्जन को संख्यामा रेस्टुरेन्ट , नेपाली सामान विक्रीका  सुपर मार्केट ,योग -ध्यान केन्द्र ,मोबाइल पसल, ट्राभल एजेन्सि, ब्युटि पार्लर ,ब्यवसाय परामर्श केन्द्र , नेपाली -सुन चांदि गहना पसल देखि पार्टि प्यालेश सम्मका सेवाहरू नेपाली द्वारानै सन्चालनमा छन्। विदेशमा आएर पनि आफ्नै भाषामा वस्तु तथा सेवा खरिद गर्न पाईने भए पछि अस्ट्रेलिया घुम्न आएका ब्यक्ति देखि विद्यार्थी र काम बाट फुर्सद पाउने हरूको लागि समेत यो स्थल आपसमा भेटघाट र भलाकुसारि गर्ने भन्ज्याङ  बन्न थालेको छ। नेपालीहरू द्वारा संचालित क्याफेमा आपसि भेटघाट ,वैठक र भलाकुसारि भैरहेको दिनहुं  देख्नु यो स्थानको लागि कुनै नौलो विषय हैंन। पछिल्लो जनगणना अनुसार अस्ट्रेलियामा बस्ने कुल नेपालीहरू मध्ये  १० प्रतिशत यहांको  सेन्ट जर्ज क्षेत्रमा बसोवास गर्दै आएका छन्। यसो त विध्यार्थी  र स्थायी  बसोवास को प्रक्रियामा रहेका वाहेक अस्ट्रेलियाको नागरिक बनिसकेका  हरूको संख्या नै ३ हजारको हाराहरिमा पुगेको छ। यो जनसंख्या लाई मध्य नजर गर्दै रकडेल काउन्सिलले आफ्नो पुस्तकालयमा  नेपाली शाखा समेत सन्चालनमा ल्याएको छ। काम खोज्ने भन्दा पनि काम दिने सोचका नेपालीहरूको वाक्लो उपस्थितीले यो क्षेत्र बेरोजगारहरूका लागि  पनि काम खोज्नेहरूका लागि पनि अवसरको केन्द्र बनेको यहांका पुराना नेपाली ब्यवसायी तथा एभरेस्ट कम्युनिकेशनका संचालक युवराज भट्टराइ असनेपालन्युजलाई बताउंछन्। सिड्नी को मुख्य शहर सिबिडी पछि नेपालीहरूको  वाक्लो ब्यवसायिक उपस्थिती रहेको यो क्षेत्रमा स्थायि रुपले घर खरिद गरि बस्ने नेपालीहरू पनि बढि रहेका छन्। नेपाल र नेपालीलाई सकारात्मक रुपमा अस्ट्रेलियामा चिनाउन यो क्षेत्र  पर्याय बन्न सक्ने यहाँका वासिन्दाहरूको भनाइ छ। ब्यवसाय बढ्दै जांदा नेपालीहरूलाई अन्य समुदायले पनि नजिकबाट चिन्ने अवसर मिलेको गैरआवसिय नेपाली संघ एन आर एन अस्ट्रेलियाका पूर्व कोषाध्यक्ष तथा रकडेलमा कर कारोवार ब्यवसाय का संचालक चुरामणी वेलवासे असनेपालन्युजलाई  बताउनुहुन्छ । स्थानिय नेपाली वासिन्दा तथा समुदायका प्रतिनिधि तपेन्द्र थापा ‘सेन्ट जर्ज क्षेत्रमा अस्ट्रेलियाको नागरिकता लिएका ब्यक्तिहरूको संख्या नै ‘३ हजारको हाराहारिमा पुगेको छ’-असनेपालन्युजलाई बताउंछन्।

सम्बन्धित शिर्षकहरु